२०८३ साउन ११ सोमबार

जनकपुर–जयनगर रेल नेपाल रेल्वेले चलाउने

ई आर्थिक    बुधबार, असोज १० २०७५
4.3K
Shares
जनकपुर–जयनगर रेल नेपाल रेल्वेले चलाउने

हदिश खुद्दार, जनकपुरधाम । केही महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जनकपुर–जयनगर रेल सञ्चालनको जिम्मा फेरि नेपाल रेल्वे कम्पनीले पाउने भएको छ । यसअघि बन्द भएको रेल पनि यही कम्पनीले सञ्चालन गरेको थियो ।

यो रेल निर्माण भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत रहेको रेल विभागले गरिरहेको छ । विभागका महानिर्देशक बलराम मिश्रले नेपाल रेल्वे कम्पनीलाई नै सञ्चालनको जिम्मा दिने तयारी भइरहेको बताए । ‘नेपाल रेल्वे कम्पनी पनि रेल विभागअन्तर्गत आइसकेकाले सञ्चालनको जिम्मेवारी उसैलाई दिन लागिएको हो,’ महानिर्देशक मिश्रले भने ।

रेल विभाग गठन नहुँदासम्म नेपाल रेल्व कम्पनी सरकारको स्वायत्त संस्थाका रूपमा थियो । तर, विभाग गठन भएपछि त्यसमातहत आएको महानिर्देशक मिश्रले बताए । रेल सञ्चालनका लागि भने अहिलेका कर्मचारी सक्षम नरहेको उनको भनाइ छ । रेल सञ्चालनका लागि नयाँ कर्मचारी भर्ना गरिने उनले बताए ।

जनकपुर–जयनगर रेल सेवा ०७० माघदेखि बन्द छ । त्यतिवेला स्थायी ४५ र अस्थायी एक सय आठ गरी एक सय ५५ कर्मचारी थिए । रेल सेवा बन्द भएपछि अस्थायी सबै कर्मचारीलाई क्षतिपूर्तिसहित अवकाश दिइएको थियो । स्थायी २९ कर्मचारीले पनि स्वैच्छिक अवकाश लिएका थिए ।

नेपाल रेल्वे कम्पनीलाई वीरगन्जको रक्सौलमा रहेको जमिनबाट वार्षिक ३५ लाख रुपैयाँ भाडा आइरहेको महाप्रबन्धक तुलबहादुर डाँगीले बताए । न्य्रोगेजका रेलको इन्जिन, बोगीहरूलाई संग्रहालयमा राख्ने चर्चा चलिरहेका वेला कर्मचारीहरूले आफ्ना समस्या देखाएर ती इन्जिन तथा बोगीहरूको लिलामी नै गरिदिएको स्रोतको भनाइ छ ।

कामै नगरी तलब
जनकपुर–जयनगर रेल ०७० माघदेखि बन्द छ । तर, कम्पनीका १७ कर्मचारीले कामै नगरी तलब लिइरहेका छन् । अन्य २९ स्थायी कर्मचारीले भने स्वैच्छिक अवकाश लिएका थिए ।

लिलामीको रकमबाट तलब
रेल बन्द भएपछि इन्जिन, बोगी, काठको पट्टरी तथा अन्य भौतिक सम्पत्तिको लिलामी गरिएको थियो । लिलामीबाट ६ करोड ८८ लाख जम्मा भएको थियो । सो रकमबाट नै कर्मचारीले तलब खाइरहेका छन् ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij