२०८३ साउन ९ शनिबार

काठमाडौँ सफा गर्न ब्रुमर यन्त्र प्रयोगमा ल्याउने

ई आर्थिक    बिहिबार, असोज ४ २०७५
3.1K
Shares
काठमाडौँ सफा गर्न ब्रुमर यन्त्र प्रयोगमा ल्याउने

काठमाडौँ, ४ असोज : काठमाडौँ महानगरपालिकाले शहरको धुलो सफा गर्नका लागि रु ११ करोड मूल्य बराबरको ब्रुमर यन्त्र प्रयोगमा ल्याउने भएको छ ।

ब्रुमर यन्त्र झिकाउन बोलपत्र आह्वान गरिसकिएको सहप्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ढिलोमा मङ्सिरदेखि काठमाडौँको फोहर ब्रुमरले सफा गर्नेछ ।

ब्रुमर खरिदका लागि हालसम्म ६ वटा आशयपत्रका निवेदन कामपामा परेका छन् । हाल कामपाले कुचोले बढारेर धुलो सफा गर्ने र ट्याङ्करको पानीले सडक सफा गरिरहेको छ ।

यसैबीच कामपाले शहर सफा गर्न गत हप्तादेखि पाँच वटा ठूला यन्त्र सञ्चालनमा ल्याएको छ । हरेक वर्ष सेप्टेम्बर १५ तारिखका दिन मनाइने विश्व सरसफाइ दिवसको अवसर पारेर ती यन्त्र प्रयोगमा ल्याइएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij