काठमाडौं । धौलागिरी समाज नेपालमा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नेपाल सरकारका पूर्व मुख्यसचिव मुकुन्द शर्मा पौडेललाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको छ । समितिको महासचिवमा सहकारी अभियान्ता गोविन्द प्रसाद शर्मालाई चयन गरेको छ । अध्यक्ष महासचिब सहित ३५ सदस्यीय केन्द्रीय समिति चयन गरिएको छ ।
केन्द्रिय समितिको उपाध्यक्षहरुमा सावित्री शेरचन, दिनानाथ पौडेल, भक्तराज भुसाल, केदारनाथ गौतम चयन भएका छन् । त्यसैगरी सचिबमा कृष्णप्रसाद शर्मा, कोषाध्यक्ष एकनारायण उपाध्याय, सह–कोषाध्यक्ष शिव शर्मा बास्तोला रहेका छन् । समाजको केन्द्रीय सदस्यहरुमा पदमनाथ सापकोटा, रमेश प्रसाद सुवेदी, प्रा. डा. हेमराज सुवेदी, डिलाराम सुवेदी, बिक्रम प्रसाद पान्डेय, शक्तिलाल ज्वाराचन, ईश्वरीप्रसाद ढकाल, दिलिप पौडेल, गणेश केसी, दीपेन्द्र पौडेल, बद्रीनाथ गौतम, बुद्धिमान गौडेल, महेन्द्र पौडेल, ज्ञानेन्द्र आचार्य, शिव नारायण श्रेष्ठ, शिवराम शर्मा पौडेल, शिव प्रसाद कंडेल, खिमानन्द कंडेल, सरस्वती कुमारी शर्मा, भुमा देवी शर्मा, तारानाथ सापकोटा , आर बि अधिकारी, ईन्दिरा लामिछाने, किरण गौतम, बलभद्र ढकाल, पवन सुवेदी रहेका छन् ।
धौलागिरी क्षेत्रबाट काठमाडौ उपत्यकामा आर्इ स्थायी वा अस्थाइ बसोबास गर्नेले धौलागिरीको विकास गर्ने उद्देश्यले संस्थाको स्थापना गरिएको महासचिव गोविन्द प्रसाद शर्माले बताए ।

नवनिर्वाचित पदाधिकारीलाई प्रमुख निर्वाचन अधिकृत डा. ज्ञानेन्द्र प्रसाद पौडेलले सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले धौलागिरी क्षेत्रको विकासको लागि सबै क्षेत्रबाट सहयोग गर्नुपर्ने बताए । तिमिल्सिनाले धौलागिरी क्षेत्रमा कालिगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले त्यस क्षेत्रको विकासको ढोका खुल्ने बताए । धौलागिरी क्षेत्रको विकासमा धौलागिरी समाज नेपालले अगाडि सार्ने रचनात्मक अभियानहरुमा साथ दिन प्रतिवद्धता व्यक्त गरे । धौलागिरीको विकास र पर्यटन विकासलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा बिशिष्ट अतिथि बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेल, पर्बत जिल्लाका पूर्व सांसद तथा सामाजिक उधमशिलताका अभियन्ता ऋषिकेश तिवारीले धौलागिरीको विकासका लागि सबैको प्रयास हुनुपर्ने, धौलागिरीको विकासको लागी कृषिको आधुनिकता, पर्यटन, जलविद्युत आदी मुख्य रहेको र यसको लागि समाजलाई सधै साथ दिने धारणा राखेका थिए । बागलुङका पूर्व सांसद बलावती शर्माले धौलागिरीको विकासमा आफू सधै लागेको हुँदा समाजले अगाडि बढाएका कामकारबाहीमा सधैं साथ दिने कुरा बताइन । लायन्स क्लबका केन्द्रिय नेता सामाजिक अभियान्ता युक्तप्रसाद श्रेष्ठ, समाजका सल्लाहकार डा. रामबहादुर केसी लगायतले शुभकामना दिएका मन्तव्य राखेका थिए । त्यसैगरी मुस्ताङ सेवा समिति अध्यक्ष शक्तिलाल ज्वाराचन, बागलुङका अध्यक्ष पद्यनाथ सापकोटा, पर्वतका अध्यक्ष बिक्रम पाण्डे, म्याग्दीका वरिष्ठ उपाध्यक्ष प्रा डा. हेमराज सुवेदीले मन्तब्य राखेका थिए ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष पौडेलले धौलागिरी क्षेत्रको विकासमा यो समाज लागिपर्ने र कालीगण्डकी नदी सरसफाई अभियान सञ्चालन गर्ने बताए । कार्यक्रमको सञ्चालन तथा समितिको प्रतिवेदन प्रस्तुत महासचिव गोविन्द्रप्रसाद शर्मा र स्वागत उपाध्यक्ष दिनानाथ पौडेलले गरेका थिए । कार्यक्रम माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. को कम्प्लेक्समा रहेको माउण्टेन फुडल्यान्ड बनस्थली, रिङ्गरोड, अन्नपूर्ण चोक काठमाडौंको सभा हलमा सम्पन्न भएको हो ।
उक्त साधारणसभाको अबसरमा धौलागिरी समाज नेपाल , लायन्स क्लब अफ काठमाडौं माउन्ट धौलागिरी, माउन्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लि. तथा हेडस नेपालको सयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम बनस्थली चोकमा सम्पन्न गरी ५० पाकेट रगत सङ्कलन भएको थियो । यसको लागि सम्पुर्ण रक्तदाताहरु, हेड्स नेपाल तथा लायन्स क्लबका भोलेन्टियर साथीहरू सबैलाई समाजको तर्फबाट हार्दिक धन्यवाद समेत दिईएको थियो ।