२०८३ साउन ११ सोमबार

ज्योति विकास बैंकको नयाँ शाखा जनकपुर र गोलबजारमा

ई आर्थिक    बिहिबार, भाद्र २१ २०७५
7K
Shares
ज्योति विकास बैंकको नयाँ शाखा जनकपुर र गोलबजारमा

काठमाडौं । ज्योति विकास बैंकले धनुषाको जनकपुर र सिरहाको गोलबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जनकपुर उप—महानगरपालिका वडा नं ९, जनकपुर, धनुषामा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अथिति जनकपुर उप—महानगरपालिकाका मेयर लाल किशोर शाह, नेपाल राष्ट्र बैंक जनकपुर कार्यलयका निर्देशक नरेश शाक्य तथा बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारले एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।

त्यसैगरी गोलबजार नगरपालिका वडा नं ६, गोलबजार, सिरहामा रहेको नयाँ शाखा प्रमुख अथिति गोलबजार नगरपालिकाका मेयर देबनाथ शाह तथा बैंकका संचालक जगदीश्वर प्रसाद अधिकारीद्वारा संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

हाल बैंकले ६० वटा शाखा कार्यालय तथा २० वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । त्यसैगरी बैंकले यसै आर्थिक वर्ष भित्र थप ३० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ ।
हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. २० अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १६ अर्व लगानी गर्न सफल भएको छ ।
बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गर्न नेपाल राष्ट्र बैंकबाट सैद्वान्तिक सहमति प्राप्त गरि प्रक्रिया अगाढि बढाइरहेको बैंकका सञ्चालन विभाग प्रमुख बलदेव थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij