काठमाडौँ, १४ भदौ : नागरिक लगानी कोषको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सुशीलकुमार अर्याललाई दिइएको छ ।
कोष सञ्चालक समितिको बुधबारको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो । नेपाल व्यवस्थापन सङ्घ (म्यान) को महासचिव भएर लामो समय काम गरिसक्नुभएका अर्याल यसअघि कोषकै मुख्य व्यवस्थापक पदमा कार्यरत हुनुहुन्थ्यो ।
कोषमा उहाँ अनुभवी व्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । अर्याल वाणिज्य शास्त्रमा स्नाकोत्तर तथा कानूनमा स्नातक हुनुहुन्छ ।