२०८३ साउन ९ शनिबार

ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बन्ने निश्चित, संवैधानिक परिषद्को बैठकद्वारा मिश्र सिफारिश

ई आर्थिक    बिहिबार, भाद्र ७ २०७५
3.8K
Shares
ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बन्ने निश्चित, संवैधानिक परिषद्को बैठकद्वारा मिश्र सिफारिश

०७ भदौ २०७५, काठमाडौं : ओमप्रकाश मिश्र प्रधान न्यायधिश बन्ने निश्चित भएको छ । बिहीबार (आज) बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठ न्यायाधीशमा मिश्रलाई सिफारिस गरेको हो । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले मिश्रलाई सर्वसम्मत रुपमा प्रधानन्यायाधीशका लागि सिफारिस गरेको हो।

यसअघि परिषद्ले सिफारिस गरेका वरिष्ठ न्यायाधीश दीपक जोशीलाई संसदीय सुनुवाइ विशेष समितिको बहुमतले अस्वीकार गरेसँगै मिश्रलाई नयाँ प्रधानन्यायाधीशका लागि बाटो खुलेको थियो ।

जोशी अस्वीकृत भएपछि विदामा बसेका छन् भने कायममुकायमरुपमा मिश्रले काम गर्दै आएका थिए ।

परिषदमा प्रधानमन्त्रीको अध्यक्ष्यता रहने प्रधानन्यायाधीश, प्रनिधिसभाका सभामुख, राष्टि«य सभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षीदलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ । त्यसैगरी प्रधानन्यायाधीश सिफारिश गर्ने वैठकमा कानुन मन्त्री पनि सहभागी हुने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij