२०८३ साउन १२ मंगलबार

शेयर बजार घटेर एक हजार १८९.६७ बिन्दुमा

ई आर्थिक    सोमबार, साउन २१ २०७५
3.1K
Shares
शेयर बजार घटेर एक हजार १८९.६७ बिन्दुमा

काठमाडौँ, २१ साउन : शेयर बजारमा आज पनि सामान्य कमी आएको छ । आइतबार सामान्य अंकले घटेको बजार ०.२१ बिन्दुले घटेर एक हजार १८९.६७ बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत ०.०६ बिन्दुले घटेर २५०.९१ बिन्दुमा झरेको छ ।

कूल १४८ कम्पनीको सात लाख ९६ हजार ७३४ कित्ता शेयर रु १९ करोड १७ लाख ४८ लाख १२० मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार बैंकिङ १.२३, व्यापार २.११, जलविद्युत् ०.८५, वित्त १.१८ र माइक्रोफाइनान्स उपसमूहको शेयर ६.३६ बिन्दुले बढेको छ ।

यस्तै होटल ६.०३, विकास बेंक ४.९८, निर्जीवन बीमा ०.०९, उत्पादन ०.०७, अन्य ४.३७ र जीवन बीमा समूहको शेयर १६.७३ बिन्दुले घटेको छ । सपोर्ट माइक्रोफाइनान्स र प्रोग्रेसिभ फाइनान्स कम्पनीका लगानीकर्ताले आज कमाएका छन् भने मल्टीपर्पोज फाइनान्स र सिटी एक्सप्रेस फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij