२०८३ साउन ९ शनिबार

कानुनमन्त्री शेरबहादुर तामाङले दिए राजिनामा, अर्थमन्त्रीसहित तत्कालिन एमालेका अधिकांश मन्त्रीमा राजिनामाको दबाब

ई आर्थिक    मंगलबार, साउन ८ २०७५
4.1K
Shares
कानुनमन्त्री शेरबहादुर तामाङले दिए राजिनामा, अर्थमन्त्रीसहित तत्कालिन एमालेका अधिकांश मन्त्रीमा राजिनामाको दबाब

काठमाडौँ— कानुन तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले मन्त्री पदबाट राजीनामा दिएका छन् । डा. गोविन्द केसीको मागको विषयमा संवोधन गर्ने क्रममा बंगलादेशमा डाक्टर पढ्ने छात्राहरुको विषयमा दिइएको आफ्नै अभिव्यक्तिका कारण उनी अलोचित बनेका थिए । मन्त्री तामाङले दिउँसो पत्रकार सम्मेलन गरी राजीनामा घोषणा गरेर प्रधानमन्त्री समक्ष राजीनामा बुझाएका थिए ।

बंगलादेशमा डाक्टरी पढ्न जाने छात्राहरुको बारेमा दिएको अभिव्यक्तिका कारण पार्टी बाहिर र भित्र दवावमा परे पछि उनले राजीनामा दिएका हुन् ।

नेकपाको सचिवालय बैठकमा नेताहरुले उनलाई राजीनामा गराउने बिषयमा सोमबार राती कुराकानी भएको थियो । उनको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जालमा पनि उनको व्यापक अलोचना भएको थियो ।

यसैबीच अर्थमन्त्री डा. युवराज खतिवडा, यातायात मन्त्री रघुविर महासेठ, पर्यटनमन्त्री रविन्द्र अधिकारी र सञ्चारमन्त्री गोकुल बाँस्कोटालगायतले राजिनामा दिनुपर्ने नेकपा पार्टीबीच तीब्र आवाज उठिरहेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको सट्टामा सुरेन्द्र पाण्डेको चर्चा चलिरहेको छ । पार्टीबृतमा यी तीन मन्त्रीले राजिनामा दिनुपर्ने चर्चाको वारेमा पार्टीका एक शिर्षनेताले समेत पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij