२०८३ साउन ९ शनिबार

सम्पत्ति शुद्धीकरणमा अर्थमन्त्रीको जोड

ई आर्थिक    मंगलबार, साउन ८ २०७५
4.8K
Shares
सम्पत्ति शुद्धीकरणमा अर्थमन्त्रीको जोड

काठमाडौँ, ८ साउन : अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।

सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१औँ बैठकको आज यहाँ उद्घाटन गर्दै मन्त्री खतिवडाले वित्तीय अपराध र अतंकवादलाई परास्त गर्न सम्पत्ति शुद्धीकरणमा जोड दिनुपर्छ भन्नुभयो ।

नेपालमा गत शनिबारदेखि शुरु भएको सो बैठकमा एपिजी सदस्य देश, पर्यवेक्षक देश, विश्वबैंकलगायत क्षेत्रका ५०० प्रतिनिधिको सहभागिता रहेको छ । बैठक शुक्रबारसम्म जारी रहनेछ ।

वित्तीय अपराध र आतंकवादमा प्रयोग हुन सक्ने अवैध वित्तलाई कसरी सामूहिक रोक्दै आर्थिक समृद्धि हासिललगायतका विषयमा बैठकमा मुख्यगरी छलफल हुने बताइएको छ । साथै सम्पत्ति शुद्धीकरणमा सदस्य देशले गरिरहेका प्रयासका बारेमा एक अर्कामा अनुभव आदानप्रदानसमेत हुनेछ ।

पछिल्लो समय नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐनमा संशोधन गरी प्रभावकारी काम गरिरहेको छ । अर्थमन्त्री डा खतिवडाले गैरकानूनी रुपमा आर्जन हुनसक्ने सम्पत्तिलाई वैधता हुनबाट रोक्न नेपाल सरकार चनाखो रहेको चर्चा गर्दै दिगो र समुन्नत अर्थतन्त्रको विकासका लागि लागिपरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “डिजिटल प्रविधिबाट हुने वित्तीय कारोवार एवं सूचना आदानप्रदानबाट आउन सक्ने जोखिमलाई कम गर्न ध्यान दिनुपर्छ ।”उहाँले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा विशेष रुपमा सम्पत्ति शुद्धीकरणमा ध्यान दिएको बताउनुभयो ।

अर्थमन्त्रालयका सचिव राजन खनाल र राजश्व सचिव शिशिरकुमार ढुङ्गानाले सम्पत्ति शुद्धीकरणमा बैठक कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij