२०८३ साउन ९ शनिबार

विराटनगर जुटमिल पुनःआजदेखि सञ्चालनमा

ई आर्थिक    बिहिबार, साउन ३ २०७५
6.1K
Shares
विराटनगर जुटमिल पुनःआजदेखि सञ्चालनमा

विराटनगर, ३ साउन : विगत लामो समयदेखि बन्द विराटनगर जुटमिल पुनःआजदेखि सञ्चालनमा आउने भएको छ । मिल सञ्चालक समितिका अध्यक्ष वसन्त वनले सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो । मिलको मर्मत र विद्युत् जडानसम्बन्धी कार्य सम्पन्न गरिएकाले मिल सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

मिल सञ्चालनका लागि ११ केभिए विद्युत् लाइन जडान सम्पन्न भएको र परीक्षणस्वरुप दैनिक छ टन जुटको सामग्री मिलबाट उत्पादन गर्ने लक्ष्य राखिएको अध्यक्ष वन बताउनुहुन्छ ।

मिल पूर्ण सञ्चालनमा आए दैनिक २० टन जुटको सामग्री उत्पादन हुनेछ । विसं १९९३ मा स्थापित सो मिल मुलुकको सबैभन्दा जेठो उद्योग हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij