२०८३ साउन ९ शनिबार

तनहुँ जलविद्युत् आयोजनाका लागि निर्माण कम्पनी छनौट

ई आर्थिक    आइतबार, असार ३१ २०७५
8.3K
Shares
तनहुँ जलविद्युत् आयोजनाका लागि निर्माण कम्पनी छनौट

दमौली, तनहुँ, ३१ : व्यास नगरपालिका–७ स्थित पाटनमा निर्माण हुने १४० मेघावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाका लागि निर्माण कम्पनीको टुंगो लागेको छ ।

आयोजनाका इन्चार्ज विदुर अधिकारीले आयोजना निर्माणका लागि इटालियन कम्पनी सिएमसी र चाइनाको सिनो हाइड्रो निर्माण कम्पनी छनौट भएको र प्याकेज १ को ड्याम साइड निर्माणको जिम्मा सिएमसी र प्याकेज २ को पावर हाउस निर्माणको जिम्मा सिनो हाइड्रोले पाएको जानकारी दिनुभयो ।

निर्माण कम्पनी टुंगो लागेकोले अब ठेकेदार कम्पनीसँग सम्झौताको तयारी भइरहेको आयोजनाले जनाएको छ । ती ठेकेदार कम्पनीले छनौट भएको ९० दिनभित्र काम अगाडि बढाइसक्नुपर्ने उल्लेख गरिएको छ ।

सन् २०१८ बाट शुरु भई सन् २०२२ सम्ममा सक्ने लक्ष्य राखिएको सो आयोजनाका लागि लाग्ने रू ५० अर्बभन्दा बढी रकम जुटिसकेको बताइएको छ । आयोजना निर्माणका लागि जग्गा खरीद गर्दा ६५ करोडभन्दा बढी रकम प्रभावित बासिन्दालाई मुआब्जा वितरण गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ड्याम साइडमा अझै जग्गा अपुग भएको भन्दै बेतेनी क्षेत्रमा केही जग्गा अधिग्रहणको तयारीमा आयोजना लागेको प्राविधिकहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij