२०८३ साउन ९ शनिबार

रसुवागढी नाकामा एकिकृत भन्सार निर्माण सुरु

ई आर्थिक    आइतबार, असार ३१ २०७५
4.8K
Shares
रसुवागढी नाकामा एकिकृत भन्सार निर्माण सुरु
हिमनाथ देवकोटा, रसुवा– चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा एकिकृत भन्सार निर्माण सुुुरु भएको छ। एकिकृत भन्सार निर्माणका लागि जग्गा सम्माउने, घेराबार लगाउने तथा जग खन्ने कार्य सुरु भएको हो।

सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयमार्फत श्यामसुन्दर रबिना जेबीले भवनको निर्माण गर्न लागेको हो । एकिकृत भवन तीन वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य छ। निर्माणमा अवरोध नआएमा तोकिएको समयमा नै निर्माण सम्पन्न हुने डिभिजन प्रमुख धिर फडेराले बताए। एकिकृत भवनमा भन्सार, अध्यागमन, क्वारेन्टाइन तथा एकिकृत जाँच चौकी रहने छ।

भवन निर्माण पश्चात चेकजाँच गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुने रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलाले बताए।  भवन निर्माणका लागि ५४ करोड ५ लाख ५५ हजार ८ सय १९ रुपयाँ खर्च हुने छ। आपूmले ठेक्का पाउनुपर्ने माग गर्दै एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुष १९ गते सर्वोच्च अदालतमा रिट हालेको थियो।

अदालतमा परेको रिट निवेदन जेठ २४ बिहीबार खारेज भएको थियो। न्यायाधिस चोलेन्द्र शम्शेर जबरा र डम्बर बहादुर शाहीको संयुक्त इजलासले रिट निवेदन खारेज गरेको थियो। २०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका छन्।

चीनले अन्तराष्ट्रिय नाकाको रुपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij