२०८३ साउन ९ शनिबार

राजधानीका खोलाको बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागको चेतावनी

ई आर्थिक    शनिबार, असार ३० २०७५
5.9K
Shares
राजधानीका खोलाको बहाव बढ्न सक्ने जल तथा मौसम विज्ञान विभागको चेतावनी
काठमाडौं – काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा लगातारको भारी वर्षासँगै त्यस आसपासका खोलामा बाढी आउन सक्ने जल तथा मौसम विज्ञान विभागले चेतावनी दिएको छ ।

विभागले आफ्नो आधिकारिक ट्विटर पेज मार्फत बाढी आउन सक्ने चेतावनी दिएको हो। शिवपुरी, सुन्दरीजल, सांखु लगाएतका क्षेत्रमा शुक्रबार साँझ ठूलो वर्षा भएपछि धोवी खोला, बागमती, नागमती, सालिनदी–मनोहरा लगाएतका क्षेत्रमा बाढी आउन सक्ने विभागले जनाएको छ। खोला आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरिएको छ।

बुढानिलकण्ठ-आसपास पनि विष्णुमती नदीमा बहाब बढ्ने सम्भावना रहेको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij