२०८३ साउन ९ शनिबार

शिशु हत्या अभियोगमा जन्मकैद

ई आर्थिक    शुक्रबार, असार २२ २०७५
4.3K
Shares
शिशु हत्या अभियोगमा जन्मकैद

जाजरकोट, २२ असार : अवैध यौन सम्बन्धबाट जन्मेको शिशुको हत्या गरेको अभियोगमा एक किशोरीलाई जन्मकैदको सजाय गरिएको छ ।

नलगाड नगरपालिका–१ की १९ वर्षीया सविता पुनलाई जिल्ला अदालत जाजरकोटले यस्तो सजाय गरेको हो । जिल्ला न्यायाधीश देवकुमार गिरीको एकल इजलासले अवैध सम्बन्धबाट बच्चा जन्माई उक्त बच्चाको हत्या गरेको ठहरसहित जन्मकैदको सजाय सुनाएको हो ।

शिव व्यावसायिक मावि, कालेगाउँमा कृषि विषयको जेटिए अध्ययन गर्नका लागि भेरी नगरपालिका–१ रावतगाउँमा उनी बस्दै आएकी थिइन् । प्रहरीका अनुसार डेरामा बस्ने क्रममा अवैधरुपमा गर्भवती भएकी उनले गत वैशाख २६ गते बच्चा जन्माएकी थिइन् । पुनले उक्त बच्चाको हत्या गरेर प्लाष्टिकको थैलोमा पोको पारेर भेरी नदीमा फालिदिएकी थिइन् ।

घटनालगत्तै सवितालाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान थालिएको थियो । जिल्ला अदालतको फैसलापछि उनलाई कारागार चलान गरिएको जिल्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij