२०८३ साउन ९ शनिबार

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा ३ डिजेल र मट्टितेलमा २/२ रूपैयाँ घट्यो

ई आर्थिक    सोमबार, असार ४ २०७५
2.8K
Shares
पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा ३ डिजेल र मट्टितेलमा २/२ रूपैयाँ घट्यो

काठमाडौँ : केही समय अघि लगातार बढिरहेको पेट्रोलियम पदार्थको मूल्य यसपटक भने घटेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य केही घटाएर समायोजन गरेको हो ।

आयल निगम सञ्चालक समतिको बैठकले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु ११० कायम हुनेछ । यसअघि पेट्रलको मूल्य प्रतिलिटर रु ११३ थियो ।

प्रवक्ता गोइतका अनुसार डिजेल र मट्टितेलमा पनि समान दुई/दुई रुपैयाँ घटाइएको छ । अब डिजेलको र मट्टितेलको मूल्य प्रतिलिटर रु ९३ भएको छ । त्यसैगरी खाना पकाउने ग्यासको मूल्य भने यथावत् नै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij