२०८३ साउन १० आइतबार

मध्यपहाडी लोकमार्गमा धमाधम कालोपत्रे

ई आर्थिक    आइतबार, जेष्ठ २७ २०७५
3.8K
Shares
मध्यपहाडी लोकमार्गमा धमाधम कालोपत्रे

शान्ता कमली, लमजुङ, २७ जेठ । राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङमा पर्ने चेपेनदी–पाउँदी खण्डमा अहिले धमाधम कालोपत्रे भइरहेको छ  । पाउँदी–ठाँटीपोखरी १६ किलोमिटर सडकखण्ड कालोपत्रे गर्ने काम मंगलबारबाट सुरु भएको हो ।

अहिले सडकको मोड र उकालो भागमा सेमी ग्राउटिङ र प्राइम कोर्ड गर्ने काम भइरहेको छ । मौसम राम्रो भएमा ५ सय मिटर कालोपत्रे ३ दिनमा सकिने कम्पनी बज्रगुरु–द कञ्चनजंघा–शंकरमाली जेभीका प्रतिनिधि सब इन्जिनियर नेत्र श्रेष्ठले बताए । उनका अनुसार सडकको भाग जमिन सतहदेखि २ सेन्टीमिटर उचाइ रहनेछ भने ७ मिटर चौडाइ कालोपत्रे गरिनेछ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेर प्राथमिकताका साथ काम गरिरहेको यो सडकको लमजुङखण्डमा ३ वर्षयता काम भइरहेको छ । लमजुङको पाउँदीदेखि गोरखाको ठाँटीपोखरीको सडकका लागि ३५ करोड रुपैयाँ बजेटमा सम्झौता भएको थियो । उक्त सडकको लमजुङतर्फ साढे ९ र गोरखातर्फ साढे ६ किमि पर्छ ।

केही वर्षअघि जोखिम मोलेरै हिँड्नुपर्ने सडकमा अहिले धमाधम पिच हुन थालेपछि स्थानीय खुसी भएका छन् ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij