२०८३ साउन ११ सोमबार

आयल निगमका कार्यकारी निर्देशक पदबाट गोपाल खड्काले गरे राजिनामा

ई आर्थिक    बिहिबार, जेष्ठ २४ २०७५
6.6K
Shares
आयल निगमका कार्यकारी निर्देशक पदबाट गोपाल खड्काले गरे राजिनामा

काठमाडौँ । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले बल्ल राजीनामा दिएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय सिंहदरबारमा विहीवार पत्रकार सम्मेलन गरेर राजिनामाको घोषणा गरेका हुन् ।

उनलाई गत कात्तिकमा मन्त्रालयमा तानेर जिम्मेवारीबिहीन बनाएको थियो । यसरी जिम्मेवारीविही भएर यो पदमा बसिरहन उपयुक्त नभएकाले आफूले राजिनामा दिएको उनले बताए। आफूलाई मन्त्रिपरिषद्ले हटाए पनि सर्वोच्चले मेरो लागि स्टे अडर जारी गरेको थियो। सर्वोच्चलाई आधार मानेर म हाजिर भएँ। हाजिर भएपछि पनि मलाई कुनै जिम्मेवारी दिइएन। मेरो मनोबल गिराउने काम भयो। त्यसैले आफूले राजीनामा दिएको उनले जानकारी दिए ।

आयल निगममा हुँदा व्यापक अनियमितता गरेको आरोप लागेका खड्कालाई लागेको थियो। उनलाई इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेकाले निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले मन्त्रालयमा हाजिर गराउने निर्णय शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको थियो।

तर उनले पत्रकार सम्मेलनमा आफूले राम्रो नियतले नै पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउन पहल गरेको दाबी गरे । आफ्नो नियत राम्रो भए नभए पनि देशी र विदेशी शक्ति र अन्य समूह भने आफू विरूद्ध खनिएर बद्नाम गरेको बताए ।

पत्रकार सम्मेलन गरेर आपूर्ति मन्त्री मातृका यादवलाई राजीनामा पत्र बुझाउन गएका खड्काको अझै ६ महिनाको कार्यकाल बाँकी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij