२०८३ साउन ११ सोमबार

ग्लोबल आइएमई बैंक र इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पताल बीच सम्झौता

ई आर्थिक    बिहिबार, जेष्ठ १७ २०७५
3.2K
Shares
ग्लोबल आइएमई बैंक र इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पताल बीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लि. र भारत स्थित इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पताल बीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई भारतमा गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकको भारतस्थित सम्र्पक कार्यालयका प्रमुख ज्वाला शर्मा र इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पतालको तर्फबाट कार्यकारी निर्देशक श्री अशोक बाजपाईले हस्ताक्षर गनुभयो ।

अधिकांश नेपालीहरु उपचारका लागि भारतका विभिन्न अस्पतालहरुमा जाने हुदाँ बैंकले उक्त कुरालाई ध्यानमा राखेर भारत स्थित इन्द्रप्रस्थ अपोलो अन्तराष्ट्रिय अस्पताल संग सम्झौता गरेको हो । सम्झौता पश्चात अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिटरक्रेडिट कार्ड लिएका बैैंकका ग्राहक एवं कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा ५ देखि १० प्रतिशत सम्म छुट पाउने छन् ।

यसका साथै बैंकको क्रोन ल्याबरेटोरी तथा रेफरल सेन्टर (के. ल्याब.) सँग पनि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बजार व्यवस्थापन एंव व्यवसाय प्रर्वद्धन विभाग प्रमुख श्री गणेश अवस्थी र के. ल्याब.का प्रशासकीय निर्देशक कान्ति थापा बीच हस्ताक्षर भएको हो ।

के. ल्याब.ले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा बैंकबाट डेबिटरक्रेडिट कार्ड लिएका बैैंकका ग्राहक तथा कर्मचारीले २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सुविधाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij