उक्त काउण्टर बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र अस्पतालका निर्देशक जागेश्वर गौतमले काउन्टरको संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो । थापाथलीमा खोलिएको यो काउण्टरसँगै अब बैंकको एक्स्टेन्सन काउन्टर संख्या ६ वटा पुगेको छ ।

स्त्रीरोग तथा महिलासँग सम्बन्धित रोगको उपचार सेवा दिइरहेको अस्पतालको परिसरमा खोलिएको काउन्टरले अस्पतालको आर्थिक कारोबार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

यस काउन्टरले अस्पतालमा आउने बिरामीको उपचारका क्रममा टिकट काट्न पनि सहयोग गर्नेछ ।