काठमाडौं । लुम्विनी विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा कपिलवस्तु जिल्लाको गजेहडा, सप्तरी जिल्लाको रुपनी तथा जनकपुरको लोहारपट्टीमा गरी एकैदिन ३ वटा शाखाहरुको औपचारिक रुपमा उद्घाटन गरेको छ ।
प्रदेश छ अन्तर्गत कपिलवस्तु जिल्लाको गजेहडा शाखाको बैंकका सञ्चालक चिन्तामणी भट्टराईले समुदघाटन गर्नुभयो । उक्त समारोहमा सम्बोधन गर्दै सञ्चालक भट्टराईले बैंकले आगामी दिनमा प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने साथै नेपाल सरकारको हरेक नेपालीको बैंक खाता खोल्ने नीति वमोजिम ग्रामीण भेगमा समेत शाखा विस्तार गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा बैंकका बरिष्ठ प्रबन्धक दिपक खनालले उपस्थित अतिथि तथा ग्राहक महानुभावहरुलाई स्वागत गर्दै बैंकवाट उपलव्ध सेवा सुविधाहरुको सम्बन्धमा स्पष्ट पार्नुभएको थियो ।
त्यस्तै प्रदेश २ अन्र्तगत सप्तरी जिल्लाको रुपनी शाखा तथा महोत्तरी जिल्लाको लोहारपट्टी शाखाको बैंकका सञ्चालक गणेशराज रेग्मीले समुद्घाटन गर्नुभयो । उक्त समारोहलाई सम्बोधन गर्दै सञ्चालक रेग्मीले बैंकले ग्रामीण क्षेत्रमा स–साना परियोजनाहरुको विकासमा आर्थिक सहयोग गरी जनताको जीवनस्तर सुधारमा सक्दो सहयोग गर्नेे बताउनुभयो ।
कार्यक्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तिलकप्रसाद पाण्डेयले उपस्थित अतिथि तथा ग्राहक महानुभावहरुलाई स्वागत गर्दै बैंकवाट उपलव्ध सेवा सुविधाहरुको सम्बन्धमा स्पष्ट पार्नुभएको थियो ।

बैंकको केन्द्रीय कार्यालय काठमाडौंको डिल्लीबजारवाट सञ्चालन भई मुलुकका विभिन्न भागमा रहेका ६३ शाखा सञ्जालहरु तथा १२ एटीएम मार्फत विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै भिसा एटीएम एबीबीएस, एसएमएस, मोवाइल बैंकिङ, सी आश्वा लगायतका सम्पूर्ण आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।