२०८३ साउन ११ सोमबार

एन आई सी एशिया क्यापिटलद्वारा लगानी व्यवस्थापन कार्यशाला संचालन

ई आर्थिक    सोमबार, जेष्ठ ७ २०७५
2.9K
Shares
एन आई सी एशिया क्यापिटलद्वारा लगानी व्यवस्थापन कार्यशाला संचालन

काठमाडौं । लगानीका व्यवहारिक तथा आधारभूत पक्षहरुको बारेमा जानकारी गराउदै एन आई सी एशिया क्यापिटलद्वारा नेपाल राष्ट्र बैंक बाट इजाजत प्राप्त ‘ग’ वर्गका वित्तीय संस्थाहरुलाई लगानी व्यवस्थापन सम्बन्धी निर्णय क्षमता अभिवृद्धि गराउन एक दिने निःशुल्क कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

सो कार्यशालामा २० भन्दा बढी संख्यामा ‘ग’ वर्गका वित्तीय संस्थाहरुका वित्त व्यवस्थापन, तथा कोष व्यवस्थापन विभागमा विभिन्न तहमा कार्यरत प्रतिनिधिहरुको सहभागिता रहेको थियो । संस्थागत जोखिम न्यूनिकरण गर्न वित्तीय संस्थाहरुले लगानीमा तय गर्नु पर्ने निश्चित मार्ग(चित्र, तथा समयसापेक्ष रुपमा लगानीका आधारहरु परिमार्जन गर्ने तरीकाहरुका बारेमा सो कार्यशाला केन्द्रित रहेको थियो ।

साथै, एन आई सी एशिया क्यापिटलले धितोपत्र बोर्डद्वारा आयोजित क्यापिटल एक्सपो २०७५ मा सहभागिता जनाएको छ । सो प्रदर्शनीमा राखिएको एन आई सी एशिया क्यापिटलको स्टलमा प्रत्यक्ष अवलोकन गर्न आएका २५०० भन्दा बढि सहभागीले एन आई सी एशिया क्यापिटलले प्रदान गर्ने सेवाको जानकारीे लिनका साथै लगानीका विषयमा अन्तरक्रिया गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले जानकारी दिनुभयो ।

लगानीकर्तालाई सवल, सूचित तथा उपयुत्त निर्णय लिन एन आई सी एशिया क्यापिटलले विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका साथै निस्शुल्क डिम्याट सेवा समेत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij