२०८३ साउन ११ सोमबार

उमेर ढाँटेर जागिर : पेन्सन पट्टा रोक्का, डेढ करोड असुली

ई आर्थिक    बिहिबार, बैशाख २७ २०७५
5.8K
Shares
उमेर ढाँटेर जागिर : पेन्सन पट्टा रोक्का, डेढ करोड असुली

सेवा अवधिभन्दा बढी जागिर खाएका त्यस्ता कर्मचारीबाट १ करोड ४० लाख रुपैयाँ असुल उपर गरिएको निजामती किताबखानाकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले जानकारी दिइन् ।

ढाँटेर जागिर खाइरहेको सूचनाका आधारमा किताबखानाले भिजिलेन्स (गम्भीरतापूर्पक फाइल केलाउने) अभियान सञ्चालन गर्दा ती कर्मचारी फेला परेका हुन् । त्यस्ता कर्मचारीबाट किताबखानाले हालसम्म लिएको सम्पूर्ण तलब, सुविधा र भत्ता जफत गर्दै पेन्सन पट्टा रोक्का गरेको छ ।

हाल निजामती सेवामा ८६ हजार कर्मचारी छन् । उनीहरूको अनिवार्य अवकाशको उमेर ५८ वर्ष हो । ‘अब ढाँटेर जागिर खाने दुष्प्रयास कसैले नगरे हुन्छ । भिजिलेन्स अभियानलाई आक्रामक बनाएका छौं । छानबिन गरी त्यस्ता कर्मचारीलाई कारबाहीको दायरामा ल्याइनेछ’, किताबखानाकी महानिर्देशक भट्टराईले भनिन् ।

एकै कर्मचारीबाट १५ लाख रुपैयाँसम्म जफत गएिको छ । सेवा निवृत्त भइसकेपछि पनि जागिर खाइरहेका कर्मचारीले राज्यकोषबाट एक लाखदेखि १५ लाख रुपैयाँसम्म बुझेका छन् । किताबखानाका कर्मचारीको मिलेमतो तथा राजनीतिक पहुँचका आधारमा सेवा निवृत्त कर्मचारीले ढाँटेर बढी समय जागिर खाने गरेका थिए । कतिपयले उमेर बढाएर थप अवधि जागिर खाएका थिए ।

किताबखानामा सुधार भइसकेकाले अब विगतमा जस्तो कुनै प्रकारको त्रुटि नदोहोरिने भट्टराईले दाबी गरिन् ।

किताबखानाले कर्मचारीलाई पदावधि सकिनुअगावै पत्राचारमार्फत जानकारी गराउन थालेको छ । आकर्षक निकायमा कार्यरत कर्मचारीले किताबखानाले पठाएको पत्रलाई गायब बनाएर बढी समयसम्म जागिर खाँदै आएको किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीले जनाए । अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij