२०८३ साउन १० आइतबार

चौतारी लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस

ई आर्थिक    बुधबार, बैशाख २६ २०७५
6K
Shares
चौतारी लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस

काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्थाले प्रति शेयर रु.१०० अंकित दरको ५,४०,००० कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो शेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा चौतारी लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरे र एनआईबिएल एस क्यापिटलको तर्फबाट महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गर्नुभयो ।

चौतारी लघुवित्तको अधिकृत पूँजी रु. ३० करोड, जारी पूँजी रु. १८ करोड, र चुक्ता पूँजी रु. १२ करोड ६० लाख रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पूँजी रु.१८ करोड हुनेछ ।

चौतारी लघुवित्त वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत २०७१/१२/०९ मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७२ साल मार्ग ०९ गते नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त गरेको यस वित्तीय संस्थाले २०७२ साल पौष १९ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।

वुटवलमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले स्थापनाको छोटो अवधिमै अर्थात् चालुु आ.ब. २०७४/०७५ को तेस्रो त्रैमासिक अवधिसम्म आफ्नो कार्यक्षेत्र रुपन्देही, नवलपरासी, कपिलवस्तुु, गुुल्मी, अर्घाखांची, पाल्पा, दाङ्ग, प्यूठान, रोल्पा र सल्यान गरी १० जिल्ला भित्र ३४ वटा शाखा कार्यालय मार्फत् २२,९०८ विपन्न वर्गका महिलाहरुलाई समूहमा आबद्घ गरी रु. १७ करोड ६४ लाख ५२ हजार बचत संकलन तथा रु.६१ करोड ५० लाख ७८ हजार कर्जा प्रवाह रहेको छ ।

यसैगरी गत आ.ब.मा रु.५७ लाख खूद माफामा रहेको यस वित्तीय संस्थाको चालुु आ.ब.को तेस्रो त्रैमासिक अवधि सम्ममा रु.६५ लाख ४२ हजार खुद मुुनाफा हासिल गर्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij