काठमाडौं– प्रभु बैंकले पर्वतको विहादीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । जिल्लाको विहादी गाउँपालिका वडा नं ४ मा सो शाखा सञ्चालनमा ल्याएको हो।
उक्त शाखाको विहादी गाउँपालिका अध्यक्ष कमल भुसालले उद्घाटन गर्नुभएको थियो । बैंकको सो शाखाबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, फर्म, कम्पनी तथा संघ–संस्था लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।
उक्त गाउँपालिकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने बैंकले दाबी गरेको छ ।