२०८३ साउन ११ सोमबार

काँकडभिट्टाबाट काठमाडौं आउदै गरेको बस धादिङमा ट्रकसँग ठोक्कियो, २७ जना यात्रु घाइते

ई आर्थिक    शनिबार, बैशाख १५ २०७५
6.2K
Shares
काँकडभिट्टाबाट काठमाडौं आउदै गरेको बस धादिङमा ट्रकसँग ठोक्कियो, २७ जना यात्रु घाइते

धादिङ – धादिङको गजुरी गाउँपालिका वडा नंं ६ जहरेमा बस र ट्रक ठोक्किएको छ । उक्त बस र ट्रक ठोक्किदा दुबैतर्फकाट गरी २७ जना यात्रु घाइते भएका छन्।

झापाको काँकडभिट्टाबाट काठमाडौं तर्फ जादै गरेको ना६ख १९२६ नम्बरको बस र ना७ख २९ नम्बरको ट्रक शनिबार बिहान ठोक्किएको थियो । ट्रक बिपरित दिशाबाट नारायणघाटतर्फ जाँदै गरेको थियो ।

घाइतेहरुलाई उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ। बसमा यात्रारत यात्रुहरु बढी घाईते भएपनि घाईतेहरुको नाम र अवस्था एकिन हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij