• २०८३ साउन १२ मंगलबार
  • Preeti to Unicode
  • Unicode to Preeti
ई-आर्थिक

२०८३ साउन १२ मंगलबार

  • Preeti to Unicode
  • Unicode to Preeti
ई-आर्थिक
  • गृहपृष्ठ
  • विशेष सामाग्री
  • उद्योग
  • अटो
  • नारी
  • पर्यटन
  • विकास
  • अन्तर्वार्ता
  • वित्त बजार
    फाइनान्स कम्पनीबाणिज्य बैंकबीमालघुवित्तविकास बैंक
  • शेयर
  • सहकारी
  • बाणिज्य
  • शिक्षा
  • आर्थिक टिभी
  • अन्य
    समाचारडिजिटल विशेषांककृषिलेख विचारराजनीतिरोजगारस्वास्थ्यअचम्मको संसारब्रान्ड टकसमाज
  • गृहपृष्ठ
  • विशेष सामाग्री
  • उद्योग
  • अटो
  • नारी
  • पर्यटन
  • विकास
  • अन्तर्वार्ता
  • वित्त बजार
    • फाइनान्स कम्पनी
    • बाणिज्य बैंक
    • बीमा
    • लघुवित्त
    • विकास बैंक
  • शेयर
  • सहकारी
  • बाणिज्य
  • शिक्षा
  • आर्थिक टिभी
  • अन्य
    • समाचार
    • डिजिटल विशेषांक
    • कृषि
    • लेख विचार
    • राजनीति
    • रोजगार
    • स्वास्थ्य
    • अचम्मको संसार
    • ब्रान्ड टक
    • समाज

चार महिनामा विद्युत् आयात ४८ प्रतिशत

ई आर्थिक    बिहिबार, बैशाख १३ २०७५
2.4K
Shares
चार महिनामा विद्युत् आयात ४८ प्रतिशत
भीम गौतम, बिहिवार, बैशाख १३, २०७५ । पछिल्ला चार महिनामा मात्र नेपालले भारतबाट कुल विद्युत् आपूर्तिमध्ये ४८ प्रतिशत आयात गरेको छ । मंसिर, पुस, माघ र फागुनमा २०७७.९४ गिगावाट आवर विद्युत् खपत भएकोमा नेपाल विद्युत् प्राधिकरणले भारतबाटमात्र ९९७.८२ गिगावाट आवर विद्युत् आयात गरेको हो । पछिल्ला चार महिनामा मात्र नेपालले भारतबाट कुल विद्युत् आपूर्तिमध्ये ४८ प्रतिशत आयात गरेको छ । मंसिर, पुस, माघ र फागुनमा २०७७.९४ गिगावाट आवर विद्युत् खपत भएकोमा नेपाल विद्युत् प्राधिकरणले भारतबाटमात्र ९९७.८२ गिगावाट आवर विद्युत् आयात गरेको हो । रकमको हिसाबले चार महिनामामात्र करिब ८ अर्ब २५ करोड रुपैयाँ बराबरको आयात भएको छ ।
चार महिनाको अवधिमा कुल आपूर्तिमध्ये नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका आयोजनाको हिस्सा ५५८.५६ गिगावाटआवर र निजी क्षेत्रको ५२१.५० गिगावाट छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको दोस्रो चौमासिक समीक्षामा प्रस्तुत गरेको तथ्यांकअनुसार, माघ र फागुन महिनामा भने कुल आपूर्ति विद्युत्मध्ये ५६ प्रतिशत बराबर भारतबाट आयात भएको छ ।
विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्र (एलडीसी) ले मन्त्रालयमा उपलब्ध गराएको विवरणअनुसार माघमा कुल आपूर्ति ५३१.४६ गिगावाट आवर रहेकोमा भारतबाट आयात मात्र २९५.६६ गिगावाट आवर भएको थियो, जुन ५५.६३ प्रतिशत हो । त्यसैगरी, फागुनमा कुल आपूर्ति ५२३.४५ गिगावाट रहेकोमा भारतबाट आयात मात्र २९६.६६ गिगावाट आवर भएको थियो । जुन ५६.६७ प्रतिशत हो । त्यसैगरी मंसिरमा ४९०.१६ गिगावाटआवर कुल आपूर्तिमध्ये १४६.२९ गिगावाटआवर र पुसमा ५३२.८५ गिगावाट आवरमध्ये २५९.२२ गिगावाटआवर भारतबाट आयात भएको थियो ।
 मध्यावधी समीक्षामा ऊर्जा मन्त्रालयका सहसचिव प्रवीण अर्यालले प्रस्तुत गरेको साविकको ऊर्जा मन्त्रालयलाई चालू वर्षमा ७० अर्ब ५६ करोड ५९ लाख बराबरको बजेट रहेको र त्योमध्ये दोस्रो चौमासिकमा २३ अर्ब ७७ करोड ७ लाख बजेट रहेकोमा भौतिकतर्फ ३९.४५ र वित्तीयतर्फ ८४.०३ प्रतिशत खर्च भएको छ ।
 मन्त्रालयअन्तर्गत विद्युत् विकास विभागको भौतिक प्रगतितर्फ  ५०.७ प्रतिशत र वित्तीय प्रगतितर्फ २३.१८ प्रतिशत तथा प्राधिकरणतर्फ भौतिक प्रगति ५४.३ प्रतिशत र वित्तीय प्रगति ५०.८४ प्रतिशत भएको छ । यसमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भौतिक प्रगति २४.५ प्रतिशत र वित्तीय प्रगति ४७.६८ प्रतिशत छ । ऊर्जा मन्त्रालयअन्तर्गत पहिलो प्राथमिकताका ३७, दोस्रो प्राथमिकताका ३ र तेस्रो प्राथमिकताका २ गरी ४२ आयोजना तथा कार्यक्रम रहेकोमा भौतिक प्रगतितर्फ क्रमशः ८० प्रतिशत माथिका ६, ५० देखि ८० प्रतिशतसम्मका १३ र ५० प्रतिशतभन्दा कमका २३ आयोजना छन् । कारोबारबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

E aarthik

चर्चित

१.

आत्मदाहको प्रयास गरेका उद्योगी तथा समाजसेवी राउतको निधन, आर्थिक तनाब र पारिवारिक झगडा रहेको समाचारले परिवार दुःखी

२.

विद्युत शक्ति तथा ऊर्जा तालिका निर्धारण विधि–२०८३ प्रति निजी क्षेत्रको असहमति, तत्काल स्थगन गर्न इप्पानको माग

३.

कृषि कर्ममा छोरा नातीलाई चुनौति दिने बयोबृद्ध राउत दम्पत्ती, मेहनत र समाजसेवाको बने प्रेरणादायी उदाहरण

४.

व्यवसायी तथा समाजसेवी अस्मिन राउतको थुप्रै संयोग रहेको आत्मदाहको कथा

५.

इमाडोलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा रक्षा मन्त्रालयका शिक्षा अधिकृत पक्राउ

६.

कुमारी बैंकद्वारा बाजुराका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

ताजा अपडेट

१.

सुनसरीको देवानगञ्जमा कर्फ्यु हटाइयो, शान्ति–सुरक्षा कायम राख्न संयम अपनाउन स्थानीय प्रशासनको आग्रह


२.

साउनदेखि भएको विद्युत् खपतमा मात्रै भ्याट, असारअघिको बिलमा असुलेको कर समायोजन हुने


३.

सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना : छानबिन समिति विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन सुरु


४.

सुर्खेतमा ग्यास अभाव हुँदा सास्ती, दुईदिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता


५.

चुनावपछि राजनीति सकियो, अब विकास निर्माणमा जुटौँ : मन्त्री गौतम


६.

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह



सम्पर्क

सिभिल मिडिया प्रा. लि., बुद्धनगर, काठमाडौं
फोन : ०१–४१०२६३१
मोबाइल नं. : ९८५१०२३८४९
इमेल : [email protected]

सूचना विभाग द.प्र.प.नं. : ९२/०७३–०७४

प्रेस काउन्सिल नेपाल अनलाइन सञ्चार माध्यम सूचिकरण प्रमाणपत्र नं. ५७५
दर्ता मिति : २०७३/१२/०४

हाम्रो टिम

प्रबन्ध निर्देशक
सदेश खड्का

प्रधान सम्पादक
धनबहादुर राउत (रोशन)

पुरा टिम
महत्वपूर्ण लिंकहरु
  • प्रिती टु युनिकोड
  • युनिकोड टु प्रिती
  • हाम्रो बारेमा
  • सम्पर्क
  • हाम्रो टिम
सोसल मिडिया
  • फेसबुक
  • ट्विटर
  • युट्युब
  • इन्स्टाग्राम

© 2026 All right reserved to earthik.com | Site By : Sobij