२०८३ साउन ११ सोमबार

जनता बैंकद्वारा सहयोग प्रदान

ई आर्थिक    मंगलबार, बैशाख ११ २०७५
3.1K
Shares
जनता बैंकद्वारा सहयोग प्रदान

काठमाडौं । जनता बैंकले निःसहाय सहयोग परिषद, धरानलाई रु. १ लाख सहयोग हस्तान्तरण गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो रकम हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग रकम इटहरी क्ष्ोत्रीय उपप्रमुख सुजन श्रेष्ठले परिषदका अध्यक्ष चक्रबहादुर शंकरलाई हस्तान्तरण गर्नुभयो । धरान उपमहानगरपालिका वडा नं. ८ मा रहेको निःसहाय सहयोग परिषदले निःसहाय बालबालिकाको शिक्षा र सिप विकासमा कार्य गर्दै आएको छ ।

जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य र शिक्षाको क्षेत्रलाई प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको छ । यस आर्थिक वर्षमा शिक्षा, स्वास्थ्यका अतिरिक्त अन्य क्षेत्रमा पनि सामाजिक कार्यहरु गर्दै जाने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij