२०८३ साउन १० आइतबार

ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा कालिमाटीमा

ई आर्थिक    आइतबार, बैशाख ९ २०७५
5.3K
Shares
ज्योति विकास बैंक लिमिटेडको नयाँ शाखा कालिमाटीमा

काठमाडौं । ज्योति विकास बैंकको कालिमाटी शाखा कार्यालय सञ्चालनमा आएको उक्त शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन भएको थियो ।

बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिएको छ । बैंक सञ्चालनमा आएको दशौं वर्षमा बैंकको विश्वसनीय छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथै सी आश्वा तथा एबीबीएस सेवा समेत उपलब्ध गराएको छ । बैंकले हालैदेखि आफ्नो रेमिट सेवा ज्योति रेमिट पनि सञ्चालनमा ल्याएको छ ।

बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएममार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले १ लाख ५० हजारभन्दा बढि खाताबाट रु. १५ अर्व ६ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १३ अर्ब ८५ करोड ऋण लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij