२०८३ साउन १० आइतबार

नेकपा स्थापना दिवस : एमाले र माओवादीले संगै मनाउने, एकताको सन्देश दिन दुबै दलका शीर्ष नेता एउटै मञ्चमा

ई आर्थिक    आइतबार, बैशाख ९ २०७५
2.9K
Shares
नेकपा स्थापना दिवस : एमाले र माओवादीले संगै मनाउने, एकताको सन्देश दिन दुबै दलका शीर्ष नेता एउटै मञ्चमा
काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेकपा स्थापना दिवस सँगै मनाउने भएका छन्। बैशाख ९ गते संयुक्त कार्यक्रम गरेर दुई पार्टीले स्थापना दिवस मनाउन लागेका हुन्। कार्यक्रममा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कार्यकर्ताहरुलाई संयुक्तरुपमा सम्वोधन गर्ने छन्।

पार्टी एकता संयोजन समितिले स्थापना दिवसको कार्यक्रम राष्ट्रिय सभागृहमा दिनको १२ बजे कार्यक्रमको आयोजना गरेको छ। २००६ सालमा पुष्पलाल श्रेष्ठले नेकपाको स्थापना गरेका थिए ।

यस अघि दुई कार्यदलले संयोजन समितिलाई एकताको लागि बैशाख ९ गते पार्टी एकता गर्न सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij