काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्र्रणाली मार्फत निर्जिवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले एभरेष्ट बैंक र सगरमाथा इन्स्योरेन्स कम्पनी बिच बैंकासुरेन्स सम्झौता सम्पन्न भयो ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बैंकासुरेन्स सेवा सम्वन्धि संझौतामा हस्ताक्षर गर्नुभएको थियो ।
यो सम्झौता पश्चात सगरमाथा इन्स्योरेन्सका मुलुकभरका ५७ शाखामार्फत एभरेष्ट बैंकका ग्राहकहरुले बैंकका ८० शाखाहरुबाट छिटो छरितो तथा सहजरुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सरल रुपमा हुनुका साथै सम्पूर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सहज हुनेछ ।