काठमाडौं । ग्लोबल आइएमई बैंकले रामेछापको मन्थलीमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना ग¥यो । वित्तीय साक्षरता जगाउने उद्देश्यले रामेछाप जिल्लाको सदरमुकाम मन्थली बजारको सहिद स्मृति बहुमूखी क्याम्पसमा सो कार्यक्रमको आयोजना गरेको हो ।
उक्त कार्यक्रममा ग्लोबल आइएमई बैंकका तालिम तथा बैंकिङ्ग बिज्ञ पुर्णमान नापितले मन्थली क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तीयको बारेमा जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा १५० जना भन्दा बढीको उपस्थिति थियो । कार्यक्रममा सहभागीहरुले बैंक तथा वित्तीय संस्थाको आवश्यकता र औचित्यको बारेमा बैंकले जानकारी प्रदान गरेकोमा बैंक प्रति आभार व्यक्त गरेका थिए । साथै उनिहरुले ग्लोबल आइएमई बैंकले प्रदान गर्ने विभिन्न सेवाहरुको बारेमा प्रश्न गरेका थिए ।