२०८३ साउन ९ शनिबार

भृकुटी मण्डपमा सुरु भयो जुत्ताचप्पलको अहिलेसम्मकै ठूलो मेला, सोलको मोलमा जुत्ता दिने दावी

ई आर्थिक    मंगलबार, चैत्र ६ २०७४
6.3K
Shares
भृकुटी मण्डपमा सुरु भयो जुत्ताचप्पलको अहिलेसम्मकै ठूलो मेला, सोलको मोलमा जुत्ता दिने दावी
काठमाडौं–तपाईंले यस बर्षका लागि जुत्ताचप्पल किन्नु भयो ? तपाईंलाई भारी छुटमा जुत्ताचप्पल किन्ने अबसर आएको छ । राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ जुत्ता चप्पलको अहिलेसम्म्कै ठूलो मेला ।  नेपालका चर्चित २३ वटा ब्राण्डहरुको सहभागीतामा सुरु भएको यस मेलामा ब्यवसायीले भारी छुटमा जुत्ताचप्पल उपलब्ध गराउने बताएका छन् ।
हामीले यस मेलामा सोलको मूल्यमा जुत्ता चप्पल उपलब्ध गराइरहेका छौं, शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले भन्नुभयो, यति सस्तो मूल्यमा अरु बेला जुत्ताचप्पल पाइँदैन । मेलामा असामान्य मूल्यमा जुत्ता बिक्री भइरहेको उहाँको दावी छ । मेलामा १ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्पल छन् ।
मेला अहिलेसम्मको सबैभन्दा ठूलो पनि हो । केही ब्यवासयी मिलेर यस्ता मेला गर्दै आएकामा फुटवेयर मेनुफ्याक्चर एसोसिएसनले नेपाली जुत्ताघरसँग मिलेर यस मेलामा अधिकांश जुत्ताचप्पल उत्पादकलाई एउटै छानामुनि समेटेको छ । मेलामा नेपालका अधिकांश चर्चित ब्राण्डाका जुत्ताचप्पल विक्रीमा छन् । मेलामा शिखर, रन, हाइलाइफ, विएफडियर हिल, क्रस रोड, केडी सुज, रोयल, स्काइ, मकालु, सुल्याण्ड, कोशेली, ल्याण्डवाक, जुम स्टाइल,  फस्ट वाक, वोस, ह्याप्पी, टाकुरा, फिटराइट, लि बर्डलगायत २३ वटा ब्राण्डका जुत्ताचप्पल उपलब्ध छन् । स्वदेशी जुत्ताचप्पलका सेल मेला बेलाबेलामा हुने गरे पनि यति धेरै ब्राण्ड एकै ठाउँमा सहभागी भएको मेला राजधानीमा पहिलो भएको आयोजक नेपाली जुत्ताघरका अध्यक्ष होमनाथ उपाध्यायको दावी छ ।
मेलामा महिलाका लागि समेत दर्जनौ भेराइटीका जुत्ताचप्पल उपलब्ध छन्  । चप्पलको सिजन सुरु भएकाले दर्जनौ मोडलका चप्पल मेलामै लन्च गरिएको छ, प्रसाईंले भन्नु भयो । मेलामा आफ्नो आवश्यकताअनुसार जुत्ताचप्पल छानेर लिन पाउने अबसर छ । यहाँ ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल रहेको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेले जानकारी दिनु भयो । मेला विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म भइरहेको आयोजकले जनाएको छ ।
प्रदर्शनीमा स्वदेशी छाला जुत्ताका साथै छालाका विभिन्न वस्तु उत्पादकको समेत सहभागीता छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij