२०८३ साउन ९ शनिबार

ओम डेभलपमेन्ट बैंकका अध्यक्ष गोशलीद्वारा पद तथा गोपनियताको सपथ

ई आर्थिक    मंगलबार, चैत्र ६ २०७४
3.2K
Shares
ओम डेभलपमेन्ट बैंकका अध्यक्ष गोशलीद्वारा पद तथा गोपनियताको सपथ

काठमाडौं– ओम डेभलपमेन्ट बैंक लिमिटेडको अध्यक्षमा सुशीलकुमार गोशली चयन हुनु भएको छ । अध्यक्ष गोशलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी सामु पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

फागुन २५ गते पोखरामा भएको ११औं वार्षिक साधारण सभाले बैंकको संस्थापक सयरधनीको तर्फबाट तीनजना र सर्वसाधारण समूहबाट तीनजना गरी ६ जना सञ्चालक चयन गरेको थियो। जसमा सुशीलकुमार गोशली, राजेन्द्रकुमार बाटाजु र बिजय मल्ल, योगेन्द्रलाल प्रधान, श्रीकृष्ण रेग्मी र कर्मकुमारी गुरुङ थिए ।

निर्वाचनपछि बसेको सञ्चालक समिति बैठकले गोशलीलाई सञ्चालक समिति अध्यक्ष चयन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij