२०८३ साउन ९ शनिबार

कुमारी बैंकमा फिनाकल अत्याधुनीक सफ्टवेयर,पछिल्लो संस्करण सीवीएसको प्रयोग गर्ने पहिलो नेपाली बैंक

ई आर्थिक    मंगलबार, फाल्गुन २९ २०७४
5.2K
Shares
कुमारी बैंकमा फिनाकल अत्याधुनीक सफ्टवेयर,पछिल्लो संस्करण सीवीएसको प्रयोग गर्ने पहिलो नेपाली बैंक

काठमाडौं । कुमारी बैंकले हाल संचालनमा रहेको कोर बैकिङ सिष्टमलाई परिर्वतन गरी अत्याधुनीक सफ्टवेयर फिनाकल १०.२.१९ प्रयोगमा ल्याएको छ । यससँगै कुमारी फिनाकल प्रविधिको पछिल्लो संस्करण सीवीएसको प्रयोग गर्ने पहिलो नेपाली बैंक बनेको छ ।

नयाँ प्रविधियूक्त सेवा भित्र्याउने अग्रणी बैंकको रुपमा परिचय बनाएको यस बैंकको यो नयाँ सेवासँगै अत्याधुनिक प्रविधि सम्पन्न बैंक बनेको छ ।

अत्याधुनिक बैकिङ सेवा पुर्याउने उद्देश्यका साथ कुमारी बैंकले नयाँ कोर बैकिङ सफ्टवेयर खरिद गर्नका लागि विश्व प्रख्यात सुचना प्रविधि कम्पनी इन्फोसिस इन्डियासँग फिनाकल १०.२.१९ को बैकिङ अत्याधुनिक पछिल्लो संस्करणको सफ्टवेयर खरिद गर्ने सम्झौता गरको थियो ।

आफ्ना ग्राहकहरुलाई आधुनिक, गुणस्तरीय तथा सुरक्षित सेवा दिने उद्देश्यले यो प्रविधि भित्र्याएको बैंकले जानकारी दिएको छ । देशमा बैकिङ क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन अग्रणी भुमिका खेलेको कुमारी बैकले नै सबैभन्दा पहिले इन्टरनेट बैकिङको सुरुवात गरको थियो ।

कुमारी बैकले ५ महिनाको छोटो समयमा फिनाकल प्रविधिको पछिल्लो संस्करण अत्याधुनिक बैकिङ सफ्टवेयर फिनाकल १०.२.१९ प्रयोगमा ल्याउन सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए । कुमारी यति छोटो समयमा यो सफ्टवेयरको सपलतापुर्वक कार्यान्वयन गर्ने पहिलो बैंक बनेको छ । बैंकले छोटो अवधिमा सिबिएस कार्यन्वयन गर्न बैंकभित्र रहेका दक्ष जनशक्तिको अथक तथा सामुहिक प्रयत्नबाट सफलता हात पारेको जानकारी दिएको छ ।

फिनाकल प्रविधि संसारभरी चलन चल्तीमा रहेको उच्चस्तरीय बैकिङ सफ्वेयर मध्ये एक हो । हाल यो सफटवेयर विश्वका ४५ वटा देशहरुका ५०० भन्दा बढि बैंकहरुले प्रयोग गरिरहेका छन् । नेपालमा आधुनिक प्रविधियुक्त यस्तो सफ्टवेरको प्रयोग सन् १९९६ देखि हुँदै आएको छ । हाल नेपालमा कोर बैंकिङ सिष्टमको प्रयोग अन्य १० बैंकले पनि गरिरहेका छन् । यो भर्सनको सफ्टवेयरको भने कुमारी बैंकले मात्रै प्रयोगमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij