काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि अज्ञात समूहले आक्रमण गरेका छन् ।
गोली र खुकुरी प्रहारबाट गम्भीर घाईते मेयर चौधरीको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घोडाघोडी–५ सुख्खडस्थित आफ्नै घरमा रहेका चौधरीमाथि राति ८ः१० बजे आक्रमण भएको थियो । ‘काम छ’ भन्दै बाहिर बोलाएर अज्ञात समूहले मेयर चौधरी माथि गोली र खुकुरी प्रहार गरिएको हो ।
तीन वटा मोटरसाइकलमा आएका उनीहरूको पहिचान र आक्रमणको कारण खुलेको छैन । घटनास्थलबाट प्रहरीले से२प ३६७१ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
कम्मरमुनि गोली र टाउको तथा दायाँ हातमा खुकुरीको चोट लागेको छ । आक्रमण लगतै मेयर चौधरीले मलाई बचाउ भनेर अत्ताएको उनका छिमेकीले जानकारीको प्रहरीले जानकारी दिए । मेयरले ‘म बाँच्छु, मलाई अस्पताल लैजाऊ’ भनेपछि स्कुटरमा राखेर अस्पताल पुर्याइएको थियो ।
मेयरकोे अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।