काठमाण्डौं। प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थलको अवस्था बुझ्न विमानस्थल पुगेका छन् । उनले घटनास्थलको अवलोकन पछि संचारमाध्यमसँग कुरा गर्दै यो घटनाले सिंगो नेपाललाई स्तब्ध पारेको र के कारणले दुर्घटना भएको हो भन्नेबारे आयोग बनाएर छानविन गर्ने प्रतिबद्धता जनाए ।
गृहमन्त्री रामबहादुर थापाले पनि विमानस्थल पुगेर उद्धारमा थप सक्रियता अपनाउन सुरक्षाकर्मीलाई निर्देशन दिएका छन् ।
युएस बंग्लाको उक्त क्यानेडियन एयरक्राफ्टमा ६७ यात्रु र चालकदलका चार सदस्य थिए । उक्त विमान ढाकाबाट काठमाडौँ आएको थियो ।