२०८३ साउन १० आइतबार

सभामुखमा कृष्णबहादुर महरा निर्विरोध, औपचारिक घोषणा भने भोलि हुने

ई आर्थिक    शुक्रबार, फाल्गुन २५ २०७४
2.9K
Shares
सभामुखमा कृष्णबहादुर महरा निर्विरोध, औपचारिक घोषणा भने भोलि हुने

२५ फागुन, काठमाडौं । प्रतिनिधिसभा सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन् ।

सभामुखका लागि महराको मात्र उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन । यसको औपचारिक घोषणा भने भोलि हुने भएको छ ।
महराको प्रस्तावकमा पूर्वसभामुख तथा एमाले नेता सुवास नेम्वाङ छन् भने समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ रहेका छन् । महराले उम्मेदवारी दर्ता गर्दा माओवादी अध्यक्ष प्रचण्ड, एमाले उपमहासचिव विष्णु पौडेलसहितका दर्जनौं नेताहरुको उपस्थित थिए ।

माओवादी केन्द्रले शुक्रबार विहान मात्र महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो । यस अघि सो पदमा माओवादीले पूर्वसभामुख ओनसरी घर्तिको नामलाई पनि चर्चामा ल्याएको थियो । एमालेले राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दो¥याउने निर्णय गरेपछि घर्तिले पनि दोहो¥याउने इच्छा व्यक्त गरेकी थिइन ।

सभामुखमा निर्विरोध निर्वाचित महराले संविधान कार्यान्वयन चुनौतीपूर्ण रहेको बताए । साथै त्यसका लागि धेरै कानुनहरु बनाउनु पर्ने भएकाले पनि त्यसमा आफ्नो भूमिका रहने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij