फाल्गुन १९, २०७४ । निरन्तरको हिमपात र हावाहुरीपछि मौसममा आएको खराबीले यूरोपेली जनजीवन प्रभावित भएको छ । युरोपेली महाद्वीपमा चिसोका कारण मृत्यु हुनेको संख्या ६० बढी पुगिसकेको छ ।
पोल्यान्डमा मात्रै अत्याधिक चिसोका कारण कम्तीमा २३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । त्यहाँको तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको छ । हावाहुरी र हिमपातका कारण स्लोभाकिया, चेक रिपब्लिक फ्रान्स, इटाली, रोमानिया, सर्भिया र नर्वे, नेदरल्याण्ड, स्वीडेनलगायतका देशमा पनि जनजीवन प्रभावित बनेको बीबीसीले जनाएको छ ।
बेलायत आयरल्याण्ड लगायतका देशमा ९० सेन्टिमिटरसम्म हिउँ जमेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँका विद्यालय, उडान र रेल सेवा, विद्युत लगायतका सेवा प्रभावित भएका छन् । साइबेरियाबाट आएको मौसमी प्रणालीले युरोपको मौसम प्रभावित भएको जनाइएको छ ।