२०८३ साउन ११ सोमबार

४ मन्त्री थपिए, अर्थमा डा. युवराज खतिवडा

ई आर्थिक    सोमबार, फाल्गुन १४ २०७४
4.3K
Shares
४ मन्त्री थपिए, अर्थमा डा. युवराज खतिवडा

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले आज ४ मन्त्री थपसहित मन्त्रिपरिषद् विस्तार गरेको छ । तर मन्त्रिपरिषद्लाई पूर्णता दिने सरकारको योजना भने पुरा हुन सकेन । सरकारले नेकपा एमालेको तर्फबाट अर्थमन्त्री समेत २ र माओवादी केन्द्रबाट गृहमन्त्री समेत गरी २ जना मन्त्री नियुक्त गरेको छ ।

सरकारले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्त गरेको छ । अर्थमन्त्रीको दावी गर्दै आएका ईश्वर पोखरलेलाई रक्षा मन्त्रालयको जिम्मा दिइएको छ ।

gj gjlgo’Qm cy{dGqL 8f o’j/fh vltj8f dGqfnodf kbef/ u|x0f ub}{ . . tl:a/ /f]zg ;fksf]6f /f;;

त्यसैगरी गृहमन्त्रीमा रामबहादुर थापा ‘बादल’ लाई नियुक्त गरिएको छ भने उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीमा मातृका यादवलाई नियुक्त गरिएको छ ।

गृहमन्त्री थापाले सरकारमा माओवादी केन्द्रको तर्फतबाट नेतृत्व गर्ने भएका छन् । नवनियुक्त मन्त्रीहरुले सोमबार नै राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । यससँगै मन्त्रिपरिषद्को संख्या प्रधानमन्त्री सहित ७ पुगेको छ । यसअघि एमालेको तर्फबाट लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त भइसकेका छन् ।

सहमति जुटन नसकेका मन्त्री र मन्त्रालयलाई सहित सरकारले केही दिनमा मन्त्री परिषद्को पूर्णता पाउने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij