काठमाडौं । लुम्विनी विकास बैंक लिमिटेडले मर्जरको कारण दोहोरीएको न्यूरोड, काठमाडौंको शाखा सो स्थानवाट बनस्थली, ढुङ्गेधाराचोकमा स्थानान्तरण गरेको छ । बंैकका सञ्चालक समितिका सदस्य चिन्तामढणी भट्टराईले औपचारिक उद्घाटन गरेका थिए ।
सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनालले कार्यक्रममा उपस्थित अतिथि तथा सम्पूर्ण ग्राहक महानुभावहरुलाई सम्बोधन गरेका थिए । प्रमुख कार्यकारी अधिकृत खनालले बैंकले आगामी दिनमा प्रतिस्पर्धात्मक रुपमा आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने साथै ग्रामिण भेगमा समेत क्रमशः सेवा विस्तार गर्दै जाने सम्बन्धमा स्पष्ट पारेका थिए ।
बैंकको केन्द्रीय कार्यालय डिल्लीबजारवाट संचालन भई मूलूकका विभिन्न भागमा रहेका ६० शाखा सञ्जालहरु तथा १२ एटिएममार्फत विभिन्न निक्षेप तथा कर्जा सुविधाका साथै एटीएम, एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ लगायतका सम्पूर्ण बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।