काठमाडौं । समान पहुँच नेपालद्वारा आयोजना गरिएको महिला र कानुन सम्बन्धि दुईदिने सचेतना सम्बन्धि तालिम सम्पन्न भएको छ । नार्गाजुन नगरपालिकाका महिलाहरुका लागी कानुनी सचेतना सम्बन्धि प्रशिक्षण कार्यक्रममा नार्गाजुन नगरपालिका झण्डै ६० महिला दिदी बहिनीहरुको सहभागीता रहेको थियो ।
सो कार्यक्रमका अधिवक्ता विष्णु माया भुसाल, अधिवक्ता रमा श्रेष्ठलगायतले विवाहवारी सम्बन्धित कानुनी व्यवस्था र उजुरी तथा सजाय सम्बन्धि कार्यविधी र महिलाको सम्पत्ति सम्बन्धि अधिकार र यसको उजुरी सम्बन्धि कार्यविधिका वारेमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमा नेकपा एमालेका केन्द्रिय सदस्य एंव प्रतिनिधी सभा सदस्य कृष्ण गोपाल श्रेष्ठले महिलाहरु अब घरायसी काममा मात्र सिमित हुन नहुने भन्दै उद्यमशिलता र विकासमा अघि वढ्न सुझाव दिनुभयो । यस्ता कार्यक्रममा महिला दिदी बहिनीहरुलाई मुलुकले कानुन र आयआर्जनका विषयमा थप सहयोग प्रदान गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका प्रदेश सभा सदस्य केशव पोखरेल, समान पहुँच नेपालकि अध्यक्ष सविता आचार्य लगाएत नै आफना धारणा राख्नुभएको थियो ा सो अवसर सहभागी दिदी बहिनीलाई प्रमाण पत्र उपलब्ध गराइएकोे समान पहुँच नेपालकी महासचिव शान्ता वस्यालले बताउनुभयो । सो दुईदिनै प्रशिक्षण कार्यक्रको सहयोगीका रुपमा चन्द्रगिरी नगरपालिका रहेको बताइएको छ ।