२०८३ साउन ९ शनिबार

नेपाल–चीन उद्योग वाणिज्य संघद्वारा एक दिने गोष्ठिको आयोजना

ई आर्थिक    बुधबार, फाल्गुन २ २०७४
4.5K
Shares
नेपाल–चीन उद्योग वाणिज्य संघद्वारा एक दिने गोष्ठिको आयोजना

काठमाडौं । नेपाल–चीन उद्योग वाणिज्य संघद्वारा एक दिने गोष्ठिको आयोजना गरेको छ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीको प्रमुख आतिथ्य तथा नेपालका लागि चीनका महामहिम राजदुत यु होङज्यूको विशेष आतिथ्यमा स्ट्रन्थिङ्ग को–अपरेशन टु प्रमोट दि कन्स्ट्रक्सन अफ द बेल्ट एण्ड रोड इनिसियटिभ विटवीन नेपाल एण्ड चाइना’ विषयक गोष्ठिको आयोजना गरिएको हो ।

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुहुँदै संघका अध्यक्ष राजेश काजी श्रेष्ठले बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) मा नेपाल सदस्य भइसकेको हुँदा यसबाट भरपुर फाइदा लिन नेपालले आन्तरिक रुपमा तयारी गर्नु पर्ने बताउनुभयो । नेपालका संभावित क्षेत्रहरुमा लगानी भित्र्याउनु आवश्यक रहेको र नेपालले पूर्वाधार, सडक, रेलमार्ग आदिमा केन्द्रित भई छिमेकी मुलुकहरु चीन, भारत तथा दक्षिण एशियाली राष्ट्रहरु वीच पुलको रुपमा आफुलाई स्थापित गर्नु पर्ने बताउनुभयो । बीआरईमा नेपालको सदस्यताबाट लाभ लिने अवसर नयाँ बन्ने सरकारले भरपुर लिन सक्नुपर्ने समेत बताउनुभयो ।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव तथा प्रमुख अतीथि शंकर दास वैरागीज्यूले बीआरई भौतिक सम्बन्ध विस्तारमात्र नभई विचार, व्यापार, अर्थ तथा जनस्तरको सम्बन्ध विस्तार समेत भएको विचार व्यक्त गर्नुभयो । बीआरई बृहत अवधारणा रहेको र यसबाट लाभ लिन तिन वटा विधीबाट अगाडी बद्न सकिने जसमा सरकारी, व्यापारिक तथा नीजी क्षेत्र तथा बौद्धिक वर्ग रहेको कुरा बताउनुभयो ।

साथै विशेष अतिथि चिनिया महामहिम राजदूत याङ होउलानले बीआरई अवधारणा चीनले शुरुवात गरेको भएता पनि हाल आएर यो चीनको मात्र अवधारणा नभएर यसमा सहभागि सम्पूर्ण मुलुकहरुको साझा अवधारणा भइसकेको कुरा बताउनुभयो । बीआरई सहभागी मुलुकहरु वीचको साझा मञ्च भएको र जहाँ आपसी हितका लागि कार्य हुने कुरा समेत बताउनुभयो । साथै चीन नेपाल संगको ऐतिहासिक सुमधुर सम्बन्धलाई बीआरईको माध्येमबाट अझ नजिक भई अघि बढ्न चाहेको कुरा समेत बताउनुभयो ।

कार्यक्रमको दोश्रो सत्र त्रिभुवन विश्वविद्यालय अन्तरर्गत अन्तराष्ट्रिय विभागका कार्यकारी निर्देशक प्रो.डा. भुपा प्रसाद धमलाको सभापतित्वमा संचालन भएको थियो । जसमा पूर्व राजदुत हिरण्य लाल श्रेष्ठ, पूर्व राजदुत डा. शम्भुराम सिंखडा, पूर्व सचिव मधु रमण आचार्य, काठमाडौं स्कुल अफ ल का अध्यक्ष प्रा.डा. युवराज संग्रौला, संघका जलविद्युत समितका संयोजक ज्ञानेन्द्र लाल प्रधान, वंगलादेश उद्योग वाणिज्य महासंघका उपाध्यक्ष मो. मुन्ताकिम अस्रफ तथा सिल्क रोड चेम्बर अफ इन्टरनेशनल कमर्स, हङकङका वित्त समितिका अध्यक्ष कियाङ तेन सिक डेविडज्यूले कार्यक्रमका बारे आफ्नो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij