२०८३ साउन ९ शनिबार

एन आई सी एशिया बैंकको लुम्बिनी अञ्चलमा एकैसाथ ९ नयाँ शाखाहरुको संञ्चालनमा

ई आर्थिक    सोमबार, माघ २९ २०७४
3.6K
Shares
एन आई सी एशिया बैंकको लुम्बिनी अञ्चलमा एकैसाथ ९ नयाँ शाखाहरुको संञ्चालनमा

काठमाडौं । एन आई सी एशिया बैंकले लुम्बिनी अञ्चलमा एकैसाथ ९ नयाँ शाखा कार्यालयहरु संञ्चालनमा ल्याएको छ ।

नवलपरासी जिल्लाको ४ स्थानहरु गैंडाकोट न.पा. वडा नं. १५ अमरापुरी स्थित अमरापुरी शाखा, प्रतापपुर न.पा. वडा नं २ गोपीगञ्ज स्थित गोपीगञ्ज शाखा, बिनयीत्रिवेणी गा.पा. वडा नं १ दुम्कीबास स्थित दुम्कीबास शाखा र मध्यबिन्दु न.पा. वडा नं. १० अरुणखोला स्थित अरुणखोला शाखा सञ्चालनमा ल्याएको हो ।
त्यसैगरी बैंकले रुपन्देही जिल्लाको ३ स्थानहरु देवदह न.पा. वडा नं. १२ शंकरपुर स्थित शंकरपुर शाखा, सैनामैना न.पा. वडा नं. ३ मुर्गिया स्थित मुर्गिया शाखा र तिलोत्तमा न.पा. वडा नं. ८ मणिग्राम ४ नम्बर स्थित मणिग्राम ४ नम्बर शाखा शाखा सञ्चालनमा ल्याएको हो ।

त्यस्तै बैंकले कपिलवस्तु जिल्लाको २ स्थानहरु बाणगंगा नगरपालिका वडा नं. १, ४ नम्बर जितपुर स्थित ४ नम्बर जितपुर शाखा र बुद्धभुमी न.पा. वडा नं. ९, ईमिलिया स्थित ईमिलिया शाखा सञ्चालनमा ल्याएको हो ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । उल्लेखित ९ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु र १६८ एटिएम काउन्टरहरु एव् ४ एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij