काठमाडौं । लुम्विनी विकास बैंकद्वारा सरसफाई अभियान सम्पन्न गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बाग्मती सफाई महाअभियानको सहकार्यमा आफ्ना करिव ७० कर्मचारीहरु समेत संलग्न भई काठमाडौंको रुद्रमती नदीको कालोपूल देखि सेतोपूलसम्मको क्षेत्रमा सरसफाई कार्यक्रममा सहभागी भएको हो ।
उक्त कार्यक्रममा लुम्विनी विकास बैंकका तर्फवाट सरसफाइ सम्बन्धी विभिन्न सामाग्रीहरु समेत वितरण गरिएको थियो । कार्यक्रमको शूभारम्भ का.म.न.पा.का उपमेयर हरिप्रभा खड्गीले गर्नु भएको थियो भने सो कार्यक्रमको समापनमा पुर्वप्रधानमन्त्री माधवकूमार नेपालले सम्बोधन गर्नु भएको थियो ।