२०८३ साउन ९ शनिबार

एन आई सी एशिया बैंकको बझाङको चैनपुर र धादिङ्गको धादिङवेशीमा शाखा खुल्यो

ई आर्थिक    शनिबार, माघ २७ २०७४
3.9K
Shares
एन आई सी एशिया बैंकको बझाङको चैनपुर र धादिङ्गको धादिङवेशीमा शाखा खुल्यो

काठमाडौं । एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु खुलेको छ । जयपृथ्वी नगरपालिका वडा नं. १०, चैनपुर, बझाङ र निलकण्ठ नगरपालिका वडा नं. ०३, धादिङ्गवेशी, धादिङ्गमा खोलिएको शाखाको एक समारोहका बिच औपचारिक उद्घाटन सम्पन्न भएको छ । जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्रबहादुर खड्काबाट बझाङ र निलकण्ठ नगरपालिकाका मेयर भिमप्रसाद ढुङ्गानाबाट धादिङ्गवेशी शाखाको औपचारिक रुपमा गरिएको थियो ।

उक्त दुई शाखा कार्यालयहरु सँगै बैंकले अधिराज्यभर १७० शाखा कार्यालयहरु, १६८ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको जानकारी दिएको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एकमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij