अमेजनबाट पार्सलहरू अाउने गरेकाे तर पठाउने व्यक्तिकाे बारेमा भने कुनै तथ्य खुलेकाे छैन । कुनै पनि विद्यार्थीकाे अर्डरबिना नै पार्सलहरू अाउने गरेकाे छात्र युनियनले बताएकाे छ । कुनै युनियनलार्इ त हालसम्म १५ वटासम्म पार्सल अाइसकेकाे छ जसमा पठाइएकाे सेक्स टाेयकाे मूल्य ५१ हजारभन्दा बढी पर्ने देखिन्छ ।
सुरुमा भूलबस पार्सल अाएकाे हुनसक्ने वा कसैले मजाक गरेकाे ठानिएकाे भएपनि तीन महिनासम्म पनि उक्त प्रकृया नराेकिएपछि भने प्रहरीमा उजुरी दिइएकाे छ । अाेंटारियाे प्रान्तकाे थंडर बे सहरकाे पुलिस कन्सटेबल ड्यारेल वारुकले क्यानडाकाे एक सरकारी टिभी च्यानललार्इ बताए अनुसार याे कुनै चिनियाँ कम्पनीकाे मार्केटिंगकाे तरिका हुनसक्छ ।
पार्सलभित्र सेक्स टाेयबाहेक फाेन चार्जर, इयर फाेन, लाइट बल्ब एवं अाइप्याड केस पनि हुन्छ । विभिन्न सुविधायुक्त भाइब्रेटरसहितका महंगा खेलाैनाहरू यसभित्र राखी पठाउने गरेकाे छ । तेस्राे व्यक्तिले खरिद गरिसकेकाे सामान भन्दै अमेजनले भने उक्त पार्सलहरू फिर्ता लिन मानेकाे छैन ।
छात्र युनियनका अध्यक्ष तनजीत नागरा भन्छन्, “हामीलार्इ कसले पार्सल पठाइरहेकाे छ, अचम्म लागेकाे छ ।” याे घटना क्यानडामा रहस्यमय बन्दै गइरहेकाे जनाइएकाे छ । एजेन्सीबाट ।