काठमाडौं । ज्योति विकास बैंकको नयाँ शाखा काठमाडौंको ठमेलमा सञ्चालनमा ल्याइएको छ । उक्त शाखाको प्रमुख अथिति काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी तथा बैंकका अध्यक्ष हरीचन्द्र खड्काले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
विहान ८ बजे बैंकका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति ठमेल सरसफाई कार्यक्रम गरी ९ बजे विधिवत रुपमा ठमेल शाखा कार्यालय उद्घाटन गरिएको थियो ।
बैंकले निकट भविष्यमा नै १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखि बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ्ग सेवाका साथ एबीबीएस सेवा समेत उपलब्ध गराएको छ ।
हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले करिब १ लाख २२ हजारभन्दा बढी खाताबाट रु. १३ अर्व ४५ करोड निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १२ अर्व ४३ करोड ऋण लगानी गर्न सफल भएको बैंकले जानकारी दिएको छ । बैंकले हालै जारी गरेको बोनस सेयर समेत गरी कुल चुक्तापूँजी रु. २ अर्व ५९ करोड पुगिसकेको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले जानकारी दिनुभयो ।