२०८३ साउन ९ शनिबार

भारतमा धार्मिक दंगा, हिंसामा उत्रिएका ११२ आन्दोलनकारी पक्राउ

ई आर्थिक    मंगलबार, माघ १६ २०७४
2.8K
Shares
भारतमा धार्मिक दंगा, हिंसामा उत्रिएका ११२ आन्दोलनकारी पक्राउ

माघ १६, २०७४, लखनउ — भारतको उत्तर प्रदेश राज्यमा हिन्दु–मुस्लिम समूहबीचको मुठभेडमा एक किशोरको ज्यान गएपछि बढेको हिंसात्मक घटना क्रममा प्रहरीले १ सय १२ जनालाई पक्राउ गरेको छ ।

हिंसापछि हिन्दु र मुसलमान समूहहरूले एकअर्कालाई दोषारोपण गरेका छन् । भारतीय समाचार संस्था पीटीआईले प्रहरी अधिकारीलाई उद्धृत गर्दै अवस्था नियन्त्रणमा आएको उल्लेख गरेका छन् । तर भारतीय सञ्चारमाध्यमले हिंसात्मक घटना नरोकिएको जनाएका छन् । अधिकारीहरूले हिंसाग्रस्त क्षेत्रमा निगरानी बढाइनुका साथै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनाएका छन् । हिंसामा छोरा गुमाएका सुशील गुप्ताले भने, ‘युवाहरूको एउटा समूहले ‘भारत अमर रहोस्’ भन्ने नारासहित आयोजित र्‍यालीलाई मुसलमान बहुल क्षेत्रमा त्यस्तो नगर्न भनेपछि दुवै समूहबीच भनाभन भएको थियो । त्यसपछि भएको ढुंगा हानाहान र गोली प्रहारमा मेरो छोराले ज्यान गुमाए । मलाई न्याय चाहिएको छ ।’ किशोरको निधनपछि मुसलमान क्षेत्रमा आक्रमण गरिएको छ । थप हिंसा रोक्न कफ्र्यु आदेश जारी गरिएको अधिकारीले जनाएका छन् ।उत्तर प्रदेशको कासगन्जमा आयोजित एक मोटरसाइकल र्‍यालीमा दुई धार्मिक समूहका समर्थकले एकआपसमा ढुंगा प्रहार गरेका थिए । गतशुक्रबार ‘तिरंगा मोटरसाइकल र्‍याली’ का क्रममा राष्ट्रिय स्वयंसेवक संंघको विद्यार्थी संगठन एबीभीपी र विश्व हिन्दु परिषद्बीच भएको झडपमा क्रममा २२ वर्षीय चन्दन गुप्ताको मृत्यु भएपछि उत्तर प्रदेशमा हिंसात्मक घटनामा वृद्धि भएको हो । अधिकारीहरूले दुई पक्षबीचको ढुंगा हानाहानमा किशोरको निधन भएको जनाए पनि अस्पताल स्रोतले उनको गोली प्रहारबाट मृत्यु भएको दाबी गरेको छ । घटनामा घाइते एकको अस्पतालमा उपचार भइरहेको छ । उसको अवस्था गम्भीर रहेको जनाइएको छ । हिंसाका क्रममा पसल र सवारीसाधनमाथि आगजनी गरिएको छ ।

प्रहरीमाथि आक्रमण
कोलकाता– पश्चिम बंगालमा भएको सडक दुर्घटनामा घाइतेको उद्धार गर्न घटनास्थलमा ढिला पुगेको भन्दै स्थानीय बासिन्दाले प्रहरीमाथि आक्रमण गरेका छन् । उक्त आक्रमणमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । बसमा ५८ यात्रु थिए । पश्चिम बंगालको मर्सिदाबादमा सोमबार एक यात्रुवाहक बस पुलबाट नदीमा खसेपछि स्थानीयहरू उद्धारमा जुटेका थिए ।
त्यसलगत्तै घटनास्थल वरपर जम्मा भएको भीडले प्रहरीमाथि ढुंगा प्रहार गरेको थियो । उनीहरूलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास प्रहार गरेपछि आक्रोशित भीडले प्रहरीको गाडी पल्टाउनुका साथै दुइटा प्रहरी भ्यानमा आगो लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा दुई अग्निनियन्त्रक र एक प्रहरी अधिकारी घाइते भएको जनाइएको छ । उत्तर प्रदेश सरकारले घटनाको छानबिन गर्न निर्देशन दिइसकेको जनाएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij