२०८३ साउन ९ शनिबार

२०७५ सालको पात्रो तयार: कात्तिक २ गते विजयादशमी, यस्तो छ विवाह साइत

ई आर्थिक    बुधबार, माघ १० २०७४
7.4K
Shares
२०७५ सालको पात्रो तयार: कात्तिक २ गते विजयादशमी, यस्तो छ विवाह साइत

१० माघ, काठमाडौं । पञ्चाङग निर्णायक समितिले २०७५ सालको पात्रो तयार गरेको छ ।

समाचारमा लेखिएको छ, समितिको अध्यक्ष, सदस्य सचिव ७ सहित ९ जनाको समितिले सो पात्रो तयार पारेको हो ।

समितिको चार दिनअघि बसेको बैठकले तयार गरेको पात्रोअनुसार २०७५ सालको दशैं असोज २४ गतेदेखि शुरु हुनेछ ।

विजयादशमी भने कात्तिक २ गते परेको छ । कात्तिक १९ गतेदेखि शुरु हुने तिहारअन्तर्गत २१ गते लक्ष्पिूजा र २३ गते भाइटीका रहेको छ ।

गृहमन्त्रालयले बिदाको सूचना जारी नगरे पनि निर्णयक समितिले केही दिनभित्र पात्रो सार्वजनिक गर्ने तयारी गरेको छ ।

विवाह साइत
वैशाखमा ५, ६ र २८ गते असारमा ६, ७, ९, ११, १५ र १६ गते, मंसिरमा २९ गते, माघमा ३, ४, ८, ९, ११, १३, १४, १५, २६ र २७ गते र फागुनमा १, २, ७, ८, ९, १०, १३, १४, ,२३, २४, २५, २८ र २९ गते विवाह साइत रहेको छ ।

ब्रतबन्ध साइत
असार ८, ३१ गते, माघ २७ गते र फागुन ९ गते गरी बर्षमा चार दिनमात्र साइत छ ।

पञ्चाङग निर्णायक समितिका अध्यक्ष पण्डित रामचन्द्र पौडेलले २०७५ साल यो बर्षभन्दा राम्रो रहेको बताए । आजको नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij