काठमाडौं । अरुण फाइनान्स लिमिटेडको एकाइसौ वार्षिक साधारणसभाले बित्तीय संस्थाको पूंजी वृद्धि गरि ८४ करोड पुर्याउने निर्णय गरेको छ । कम्पनीले १ः१.८० को अनुपातमा हकप्रद शेयर निस्कासन गर्ने समेत निर्णय गरेको छ । ३ जना संस्थापक शेयरधनीको निर्वाचनसँगै संस्थाको नाम र लोगो परिवर्तन समेत गर्ने भएको छ ।
होटल रत्न इन धरानमा सम्पन्न उक्त साधारणसभाले अरुण फाइनान्सको नाम परिवर्तन गर्दै अब हाथवे फाइनान्स बनाउने प्रस्ताव पारित गरेको थियो ।

त्यसैगरी तीन जना सञ्चालकको भएको निर्वाचन अनुसार अम्बिका प्रसाद पौडेल, लीलानाथ ढकाल र प्रकाश तिवारीलाई चयन गरेको छ भने सर्बसाधारण शेयरधनीको तर्फबाट नबराज नेपाल र सागर ढकालले प्रतिनिधित्व गर्नु हुने भएको छ । उहाँहरु सँगै बिज्ञ संचालकमा प्रधुम्न भट्टराईलाई चयन गर्ने निर्णयका साथ साधारणसभा सम्पन्न भएको थियो ।